‘दिउँला चिनो’ कौडा गीतको साथमा गायिका साबित्री गुरुङ

काठमाडौं । मौलिक भाकाको कौडा गीत ‘दिउँला चिनो’ को साथमा फेरि दर्शक/स्रोतामाझ आउनुभएको छ गोरखाकी गायिका साबित्री गुरुङ । गण्डकी प्रदेशका जिल्लाहरुमा प्रचलित रोधीं र सार्वजनिक कार्यक्रममा गाइने मौलिक भाकाको दिउँला चिनो गीत साबित्री गुरुङ युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।

साबित्री र मठ्ठु गुरुङको स्वरमा सजिएको दिउला चिनोको शब्द रचना युनिक थापामगर र मन्जु गुरुङको रहेको छ । म्युजिक युनिक थापामगरकै रहेको छ । यस्तै म्युजिक एरेन्जर राजु तोलाङ्गी गुरुङ, भिडियो निर्देशन तथा कोरियोग्राफर आशीष गुरुङले गर्नुभएको छ । भिडियोमा सुरज गुरुङ, दीपशिखा गुरुङ, ब्राजिल गुरुङ र एलिजा गुरुङको जोडदार अभिनय छ । भिडियो सम्पादनको भूमिकामा अशिमचन्द्र विश्वकर्मा रहनुभएको छ ।

चर्चित गीत डाँडाकाँडा स्वामीको रुखकी संकलकसमेत रहनुभएकी गायिका साबित्रीले गीत सार्वजनिक भएयता दर्शकले रुपाइरहेको बताउनुभयो । उहाँको दिउँला चिनो गीतको झन्डै साढे २ लाख भ्यूज भइसकेको छ । झन्डै तीन दशकमा गायनमा ‘कमब्याक’ भएकी सावित्रीले लोकप्रिय गायक कृष्ण थापामगरसँग मिलेर गत वर्ष मात्रै पनि ‘निभ्दैन आशाको दियो’ गीत निकाल्नुभएको थियो । सोही वर्ष लरलर डोरीको फुन्दा दर्शकमाझ ल्याउनुभएको थियो । ‘सलल पानी डुंगैमा’ पनि सावित्रीको गीत हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री