देउसी, भैलोमा रम्यो तमु समाज युके, अनलाइनबाट समेत दक्षिणा संकलन

लन्डन । नेपालीहरुको पर्व तिहार (शुभदीपावली) को अवसरमा तमु समाज युकेले देउसी, भैलो कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ।

लन्डनको वेम्बली बारहम पार्कस्थित आफ्नै समाज घरमा २ नोभेम्बर २०२४ को दिन समाजका सदस्यहरु र लन्डन वरपरका नेपाली दाज्यूभाइ, दिदीबहिनीहरु भेला भएर देउसी, भैलो खेलिएको हो । देउसी, भैलो कार्यक्रमको सुरुआतमा समाजका अध्यक्ष बिन्दु घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष बिमला गुरुङले द्विप प्रज्ज्वलन गरी लक्ष्मीमाताको पूजा आराधना गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा देउसी भैलो कार्यक्रम संयोजक भीमबहादुर गुरुङले स्वागत गर्नुभएपछि उपाध्यक्ष केदारबहादुर गुरुङले देउसी भैलो भट्टाएर सुरु गर्नुभयो । कार्यक्रम समाजका धेरैजना सदस्यहरुको उपस्थितिमा अत्यन्तै सौहार्द र पारिवरिक वातावरणमा भएको तमु समाज यूकेले जनाएको छ । कार्यक्रमको बिच बिचमा आमा समूहकी सचिव रमिला गुरुङ र पूर्वअध्यक्ष तथा सल्लाहकार माया गुरुङले भट्टयाउने र देउसी, भैलोको गीत गाएर सबैजनालाई नचाउनुभएको थियो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, सल्लाकारहरु काउन्सिलर कमल गुरुङ, लेख गुरुङ, यामबहादुर गुरुङ, तमु समाज युकेका सल्लाहकार तथा तमु धीं युकेका पूर्वअध्यक्ष सुवासिङ्ग गुरुङ (बीईएम), सल्लाहकार चन्द्रबहादुर गुरुङ र कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ र युवाहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा खाना तथा पेयपदार्थको व्यवस्थापन आमा समूहका दिदीबहिनीहरुले गरेका थिए भने कार्यक्रम संचालन महासचिव सुव घलेले गर्नुभएको थियो । देउसी, भैलो दान संकलन कोषाध्यक्ष चन्द्र कान्त गुरुङ र उपाध्यक्ष मिरा गुरुङले गर्नुभएको थियो । यस पटक पनि तमु समाज युकेले आफ्नो सदस्यहरु र शुभचिन्तकहरुबाट धेरै दान संकलन गर्न सफल भएको कोषाध्यक्ष गुरुङले जानकारी दिनु भएको छ ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष बिन्दु घलेले आफ्नो कार्य व्यस्तताको बाबजुत पनि समय मिलाई समाजले आयोजना गरेको देउसी, भैलो कार्यक्रममा सहभागी भई दान दिने र कार्यक्रममा उपस्थित हुन नसके पनि अनलाइनमार्फत दान प्रदान गरेकोमा सबैजनालाई धन्यवादसहित आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम साँझ ५ बजे सुरुवात गरी बेलुकी १० बजे समापन गरेको थियो ।

कार्यक्रमको फोटोग्राफी युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ र भिडियोग्राफी निवर्तमान महासचिव तथा सल्लाहकार धरम बल गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री