नेपालको कालीकोट जिल्लामा जिप दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

मान्म । नेपालको कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री