लन्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आश्फोर्ड केन्टको अध्यक्षमा शिवानी राई सर्वसम्मत चयन हुनु भएको छ ।
१५ डिसेम्बर २०२४ का दिन सम्पन्न भएको समितिको आठौं अधिवेशनले शिवानीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको संख्या किरात राई यायोक्खा बेलायतको विधानमा तोकिएको संख्याभन्दा बढी हो । तर किरात राई यायोक्खा बेलायतलाई नै जानकारी गराई २५ सदस्यीय कार्यसमिति बनाइएको हो ।
युवाहरुलाई संगठित गराउने उद्देश्यका साथ करिस्मा राई अध्यक्ष रहने गरी ११ जनाको युवा समिति पनि गठन गरिएको छ ।
नयाँ कार्यसमिति अध्यक्षमा शिबानी, उपाध्यक्ष डिल्लीराम राई, सचिव शुभचन्द्र राई, सहसचिव रघुवीर राई, कोषाध्यक्ष खगेन्द्र राई र सहकोषाध्यक्ष मिलन राई चयन हुनुभएको छ ।
यस्तै संस्कृति सचिव पर्बत राई, संस्कृति सहसचिव उद्धमाया राई छनोट हुनुभएको छ ।
सदस्यहरु कल्पना राई, मणि लोहोरुङ्ग राई, कृष्ण राई, आशा राई, भक्तकुमार राई, चित्रबहादुर राई, शिवराज राई, राजेन्द्र राई, सुद्दा राई, कमल राई, मिलनचन्द्र राई, सुवास पुमा राई, राजनकुमार राई, राजेन्द्र राई, राजन सिंह राई छन् भने युथ समिति संयोजक करिस्मा राई, सहसंयोजक प्रकाश राई चयन भए । उक्त समिति सदस्यहरुमा विनोना राई, ऋतु राई, कामना राई, लचिता राई, एसएन राई, सरगम राई, शिखर राई र धन राई छन् ।
समितिका अध्यक्ष बसुन्धरा नयोङ्ग राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किरात राई यायोक्खा बेलायतका केन्द्रीय प्रथम अध्यक्ष आशा राई प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पूर्वअध्यक्ष यशोदा राई र सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्टका अध्यक्ष डम्मर सिंगक लिम्बु हुनुहुन्थ्यो ।
त्यसैगरी अन्य अतिथिहरुमा किरात राई यायोक्खा बेलायतका केन्द्रीय तेस्रो अध्यक्ष रि मे भुपजित राई, उपाध्यक्ष चन्द्रवती राई, प्रथम महासचिव राजेन्द्र याक्थुङ राई, द्वितीय महासचिव गंगाराज राई, सदस्य बद्री राई, किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति मेडिस्टनका अध्यक्ष सुमित्रा राई, किरात याक्थुङ चुम्लुङ आश्फोर्ड शाखाका अध्यक्ष सुन्दर लिंथेपलगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
बिहान ११ बजेबाट शुभारम्भ गरिएको कार्यक्रम उद्घाटन सत्र, साकेला उधौली र बन्द सत्र गरी ३ भागमा संचालन गरिएको थियो । कार्यक्रमको पहिलो सत्र प्रमुख अतिथि र अध्यक्षले पानसमा दिप प्रज्वलन साथै कलाकारहरु पर्बत राई, लिला गोम्देन राई, शलोनी राई, सुस्मा राई, कल्पना (कुन्जु) राईले लगायत किरात राईहरुको राष्ट्रिय गान कार्यक्रममा समुद्घाटन गरिएको थियो ।
कार्यक्रममा समितिका उपाध्यक्ष शिबानी राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने समितिका सचिव डिल्लीराम राईले कार्यक्रम संचालन गर्नुभएको थियो । त्यसैगरी उद्घाटन सत्रको समापनपछि किरात राईहरुको महान् चाड साकेला उधौली कार्यक्रम नाक्छोङ्गहरुको साथमा पूजा गरी साकेला सिली उधौली मनाउँदै दिवाभोज र त्यसपश्चात् बन्दसत्र सुरु गरिएको थियो ।
बन्द सत्रको कार्यक्रममा सचिब डिल्लीराम राई र शुभचन्द्र राईले कार्य प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो र त्यसमाथि छलफल गरी केही सुझावसहित प्रतिवेदनलाई फ्लोरले अनुमोदन गरेको थियो ।
निर्वाचन मण्डलको अध्यक्ष सर्वधन राई, सदस्य सचिव चक्रबहादुर राई र सदस्य मानुस राईले निर्वाचन प्रक्रिया अगाडि बढाउनुभएको थियो ।