अस्कर अवार्डको सर्टलिस्टमा बेलायतको ‘सन्तोष’फिल्म, नेपालको ‘शाम्बाला’ बाहिरियो

लन्डन । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्स (अस्कर)ले घोषणा गरेको अन्तर्राष्ट्रिय फिचरसहित १० विधाको सर्टलिस्टमा बेलायतको ‘सन्तोष’फिल्म परेको छ भने नेपालबाट सिफारिस ‘शाम्बाला’ बाहिरिएको छ । ‘शाम्बाला’मीनबहादुर भाम निर्देशित फिल्म हो ।

बुधबार सार्वजनिक अन्तर्राष्ट्रिय फिचर विधामा विभिन्न देशका १५ वटा ‘सर्टलिस्ट’मा परेका १५ फिल्मको सूची सार्वजनिक गरिएको छ । बेलायती, नेपाली फिल्मसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’मात्र छनोट भएको छ ।

भारतको औपचारिक सिफारिस फिल्म ‘लापता लेडिज’बाट पनि प्रतिस्पर्धाबाट बाहिरियो । चीनको फिल्म त प्रारम्भिक छनोटमै योग्य हुन सकेन । दक्षिण कोरिया, जापान र पश्चिम एसियाली मुलुकबाट समेत कुनै फिल्म यसपटक यस विधामा छनोट भएनन् ।

सर्टलिस्टमा परेका १५ फिल्मबाट पनि अन्तिम ५ फिल्मको मनोनयन घोषणा जनवरी १७ मा घोषणा हुनेछ ।

अन्तर्राष्ट्रिय फिचरतर्फ सर्टलिस्ट सूची :
१) बेलायत – सन्तोष
‘सन्तोष’ एक ०२४ को हिन्दी–क्राइम ड्रामा फिल्म हो । जसको लेखन र निर्देशन सन्ध्या सुरीले गरेकी छन् । यो फिल्म संयुक्त अधिराज्य, भारत, जर्मनी र फ्रान्सको अन्तर्राष्ट्रिय सहउत्पादन हो । फिल्मको कथामा २८ वर्षीया विधवा सन्तोष सैनी (शाहाना गोस्वामीद्वारा अभिनीत) को संघर्ष देखाइएको छ, जसले मरेका पतिको काम सम्हाल्छिन् । उनले एक युवतीको हत्याको अनुसन्धान गर्नुपर्ने हुन्छ ।

फिल्मको मुख्य छायांकन ०२३ को अगस्ट–अक्टोबर महिनामा भारतको लखनऊ र वरपर भएको थियो । फिल्ममा एक विधवा महिलाको संघर्ष र समाजमा महिलाको स्थान र हत्याको जाँचलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

२) क्यानडा- युनिभर्सल ल्यांग्वेज
३) चेक रिपब्लिक- वेभ्स
४) डेनमार्क- द गर्ल विथ द निडल
५) फ्रान्स- इमिलिया पेरेज
६) जर्मनी- द सिड अफ द सेक्रेड फिग
७) आइसल्यान्ड- टच
८) आयरल्याण्ड- निक्याप
९) इटाली- वर्मिग्लियो
१०) लात्भिया- फ्लो
११) नर्वे- आर्मन्ड
१२) प्यालेस्टाइन- फ्रम ग्राउन्ड जिरो
१३) सेनेगल- दाहोमे
१४) थाइल्याण्ड- हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज
१५) ब्राजिल- आइएम स्टिल हेयर

प्रतिक्रिया

सम्बन्धित सामाग्री