काठमाडौं । भारतमा शनिबार गाडी दुर्घटनामा पर्दा ५ नेपालीको मृत्यु भएको छ ।
उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउ गर्ने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको हो । दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन् । चालकको नाम खुलेको छैन ।
नेपाली प्रहरी मधेशका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार गाडी दुर्घटनाग्रस्त भएलगत्तै ४ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।