लन्डन । ब्रिटिस सेनाको उच्च तह लेफि्टनेन्ट कर्णेलबाट अवकाश प्राप्त टोलबहादुर खाम्चामगर ‘किंग्स् गार्ड’मा छनोट भएका छन् ।
गत अक्टोबरमा अप्लाइ गर्नुभएका उहाँ विभिन्न क्राइटेरियासहित तीन चरणको अन्तर्वार्ता पूरा गरेर गत बिहीबार छनोट हुनुभएको हो । बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा चयन भएका ले.कर्णल खाम्चामगरले यही २० फेब्रुअरी २०२५ देखि ड्युटी सुरु गर्नुहुनेछ ।
खाम्चामगरले यसअघि रोयल हाउस होल्डमा १८ महिना काम गर्ने अवसर पाउनुभएको थियो । ब्रिटिस आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गर्नुभएका खाम्चामगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफि्टनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकाश लिनुभएको थियो ।
१९ वर्षको कलिलो उमेर सन् १९८७ जनवरीमा भर्ती हुनुभएका उहाँ स्याङ्जा शिरकोट करादीमा जन्मिनुभएको हो ।