काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुको प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपू सैनिकहरुले सडकमा मार्चपास गरेका छन् ।

बुधबार ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बीगेसो)को नेतृत्वमा हजारौंको संख्यामा उत्रेका भूपू सैनिकहरुले काठमाडौंको माईतिघर मण्डलाबाट नयाँ बानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् ।

सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बीगेसो लामो समयदेखि संघर्षको मैदानमा छ ।

पदमसुन्दर लिम्बु नेतृत्वको बीगेसोको आन्दोलन भइरहेको छ । ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ ।

तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बीगेसोको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री