पत्रकार गणेश राईलाई १ लाख राशिको मातृभाषा साहित्य पुरस्कार

काठमाडौं । किरात वाम्बुले राई भाषाको पत्रिका लिब्जु भुम्जुका सम्पादक गणेश राई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

शुक्रबार २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संयुक्त रुपमा राईलाई १ लाख रुपैयाँ राशिसहित पुरस्कार प्रदान गर्नुभएको हो । प्रतिष्ठानले सृजनाका माध्यमबाट पहाडी र हिमाली क्षेत्रमा बोलिने नेपाली,वाम्बुले भाषा, साहित्य संरक्षणमा योगदान दिएकाले राईलाई पुरस्कृत गरिएको जनाएको छ ।

राई गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा थप समावेश गरिएको वाम्बुले राई भाषापृष्ठको संयोजकसमेत हुनुहुन्छ । उहाँ २०५० देखि लिब्जु भुम्जु त्रैमासिक पत्रिकामार्फत मातृभाषाको पत्रकारिता गर्दै आउनुभएको छ ।

यस्तै, गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा समावेश गरिएको थारु भाषापृष्ठका संयोजक कमलसिं रानाथारु पनि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले तराई मधेश क्षेत्रमा बोलिने मातृभाषा (रानाथारु)को साहित्य सम्बृद्धिमा पुर्‍याएको योगदानलाई कदर गर्दै रानाथारुलाई पुरस्कृत गरिएको जनाएको छ । पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री