लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आउँदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ । डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके) त्रिपाठी र टेकबहादुर थापा क्षेत्रीलाई थप गरिएको हो । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला हुनुहुन्छ ।
सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशनबमोजिम एनआरएनए यूके अल्डरसटमा महाधिवेशन गर्न जुटेको छ । महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथिको उपस्थिति हुने एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो । उहाँले एनआरएनए सदस्यता लिएर एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गर्नुभएको छ ।