च्यारिटीबाट संकलित १५ लाख पापुन्देन विद्यालयलाई दिने पाँचथर समाज सेवा यूकेको निर्णय

लन्डन । पाँचथर समाज सेवा यूकेले च्यारिटी डिनर नाइटबाट संकलित १५ लाख रुपैयाँ पाँचथरको फालेलुङ गाउँपालिका-३ स्थित पापुन्देन आधारभूत विद्यालयलाई दिने भएको छ ।

शुक्रबार २८ फेब्रुअरीमा बसेको समीक्षा बैठकले उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका छात्रछात्रालाई आर्थिक सहयोग दिने घोषणा गरेको संस्थाका विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालै सम्पन्न च्यारिटी डिनरको समीक्षा बैठक जुममार्फत बसेको थियो ।

संस्थाका अध्यक्ष शान्ति लिम्बूको अध्यक्षतामा बसेको बैठक सहसचिव सन्देश नेम्बाङले सञ्चालन गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ, पूर्वअध्यक्ष नरवीर आङ्बो, सल्लाहकार छवि सेविङ, सल्लाहकार दिल सम्बाहाम्फेलगायत जुम बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूले च्यारिटी डिनर कार्यक्रम सफल भएकोमा खुसी व्यक्तसमेत गर्नुभएको थियो ।

पाँचथर समाज सेवा यूकेले गत ८ जनवरीमा अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री