गैर आवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष मोहन कार्कीको निधन

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष मोहन कार्कीको निधन भएको छ ।

कार्कीको सोमबार स्कटल्यान्डस्थित आफ्नै निवासमा मृत्यु भएको एनआरएनए यूकेले जनाएको छ । उहाँ केही समयदेखि फोक्सोको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

झापामा २९/१०/१९७२ मा जन्मिएका कार्कीको घर काठमाडौंमा कालिमाटी हो । कार्की एनआरएनए यूकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३), एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) रहनुभएको थियो ।

उहाँ फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष, दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्षसमेत बन्नुभएको थियो ।

एनआरएनए यूकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजकसमेत बन्नुभएका कार्की आपतविपत पर्दा कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावका हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री