लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन (रेडिङ नेपाली समाज) यूकेको भीमसेन खड्का चयन हुनुभएको छ ।
रेडिङको पाकिस्तानी कम्युनिटी हल पाल्मर पार्क लन्डन रोडमा सम्पन्न भएको समाजको तेह्रौँ महाधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओमकार अधिकारी, कल्पना पण्डित, बालकृष्ण दाहाल, प्रेम गुरुङ, लक्ष्मण श्रेष्ठ र यादव श्रेष्ठ रहनुभएको छ ।
महासचिवमा डा. भरत पौडेल, सचिवमा सुवास चौलागाईं, कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । युवा तथा खेलकुद संयोजकमा मीन गुरुङ र सदस्यहरूमा चेत रेगामी, बिनस रिजाल, ईन्द्र कमल लिम्बु, हिम्मत सिटौला, सुरेन्द्र उप्रेती , सिता सापकोटा तिवारी, मनोहर थापा, अजित सेडाईं, मन प्रसाद लिम्बु, सुधंसु मल्ल, पुरुस्वत्तम आचार्य, महेश निरौला, महेन्द्र आले र सह सदस्यहरूमा गोविन्द उप्रेती र सुरेश राना रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक कृष्ण न्यौपानेले शपथग्रहण गराउनुभएको थियो भने आयुक्तहरू मान गुरुङ, राम गलाम र रामेश्वर थापाले बधाई तथा शुभकामना दिनुभयो । नयाँ कार्यसमितिलाई पूर्वअध्यक्ष टेक गुरुङ तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनि बधाई दिनुभयो ।
कार्यसमिति घोषणाअघि संस्थापक प्रथम महिला बत्ती गुरुङ र अध्यक्ष भीमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत मन्तव्य राख्नुभयो भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्वआदर्श पण्डित र सल्लाहकारहरू राम गलाम, मान गुरुङ, महेन्द्र घले गुरुङ र एलबी सुब्बाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी नवआगन्तुक आजीवन सदस्य बिना थापा र युवाको तर्फबाट सूर्य भण्डारीले आआफ्नो मन्तव्य राख्नुभयो ।
समारोहमा समाजका विभिन्न कार्यक्रमहरूमा स्वयं सेवा गर्ने महानुभावहरूलाई प्रशंसापत्र वितरण तथा नयाँ तथा आजीवन सदस्यता लिएका सदस्यहरूलाई सदस्यता कार्ड पनि वितरण गरिएको थियो । समारोहमा ज्येष्ठ नागरिकहरूको लागि सुनौलो लोट्रीसमेत वितरण गरिएको थियो ।
महाधिवेशनमा महासचिव ओमकार अधिकारीले दुई वर्षको कार्य प्रगति विवरण पेस गर्नुभयो भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । सभाले दुवै प्रतिवेदन सर्वसम्मतले अनुमोदन गर्यो । यसैगरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव पनि अनुमोदन गर्यो ।
अन्त्यमा नवनिर्वाचित अध्यक्ष भीमसेन खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको तीन वर्षे कार्यकालमा नयाँ टिमको नयाँ ऊर्जा र सबैको सहयोग र साथले समाजको लागी अत्यावश्यक आफ्नै एउटा सामुदायिक भवन खरिद गर्न सकिने अठोट व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन ओमकार अधिकारीले गर्नुभएको थियो ।