काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि सयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र बेलायतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले भोलिदेखि हुने आफ्नो लण्डनको भ्रमण बारेमा राजदूतसँग छलफल गर्नुभएको थियो । साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न सगरमाथा संवादको बारेमा राजदूतलाई जानकारी गराउनु भएको थियो ।
भेटवार्तामा राजदूत फेनले सगरमाथा संवादले जलवायुका क्षेत्रमा विश्वलाई नयाँ सन्देश दिने बताउनुभएको थियो । नेपालले उठाएको हिमालका विषयमा बेलायत सरकार सकारात्मक रहेको राजदूतको भनाइ छ ।