लन्डन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई नेपाली दूतावास लन्डनमा स्वागत गरिएको छ ।
दूतावासमा मन्त्री शाहीलाई बेलायतका लागि नेपाली चन्द्रकुमार घिमिरेलगायतले स्वागत गर्नुभएको हो । मन्त्री शाहीलाई स्वागत गर्न पाउँदा खुसी लागेको राजदूत घिमिरेले बिहीबार जनाउनुभएको छ । ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई लन्डनस्थित हाम्रो दूतावासमा न्यानो स्वागत गर्न पाउँदा हामी खुसी छौं,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
मन्त्री शाही लण्डनमा बिहीबारदेखि हुने पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो । कार्यक्रम सम्पन्न गरी उहाँ आगामी चैत ३ गते स्वदेश फर्कनुहुने तालिका छ ।