बेलायत भ्रमणमा रहनुभएका सांसद गुरुङलाई बीसीसी यूकेको सम्मान

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले दुई साताको भ्रमणमा रहनुभएका प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङलाई स्वागत तथा सम्मान गरेको छ ।

अल्डरसटस्थित गुम्बा परिसरमा शुक्रबार सांसद गुरुङलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देव घले, आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत गर्नुभएको थियो । गुरुङ कास्की क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।

कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले गुम्बा स्थापना, यसले दिँदै आएको विभिन्न सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै, सांसद गुरुङले गुम्बा दर्शन सँगसँगै दीप प्रज्ज्वलन गर्नुभएको थियो । उहाँले बीसीसी यूकेले विदेशी भूमिमा पनि आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा संवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोविन गुरुङले आफ्नो महत्वपूर्ण समयका बीच पनि गुम्बा भ्रमण गरिदिनु भएकोमा सांसद गुरुङप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सो अवसरमा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, ज्ञाम गुरुङ, बीसीसी यूकेका आमा, सञ्चारकर्मी मिलन तमु र भक्तजनहरुको उपस्थिति रहेको थियो ।

कार्यवाहक अध्यक्ष रोबिनको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमलाई उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री