बेल्जियममा मनाइयो ग्याल्पो लोसार

काजाब्लांका क्यासेल्लो । शेर्पा समुदायको नयाँ वर्ष एवम् महान् चाड ग्याल्पो लोसार बेल्जियममा भव्यताका साथ मनाइएको छ ।

शेर्पा किदुक बेल्जियम आयोजक र हिमालयन सांस्कृतिक केन्द्र तथा शेर्पा युथ ग्रुप बेल्जियम सहआयोजकको भइ क्यासेल्लोस्थित डोन बोस्कोमा आयोजना गरिएको ग्याल्पो लोसार तथा सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको हो । औपचारिक कार्यक्रममा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, शेर्पा किदुक केन्द्रीय संघीय परिषद् सदस्य ल्हमु शेर्पा, विशेष अतिथिहरू शेर्पा किदुक युरोपका अध्यक्ष एवम् पूर्वएनआरएनए युरोप संयोजक दावा ग्याल्जेन शेर्पा,आदिवासी जनजाति महासंघ र एनआरएनए बेल्जियम पूर्वअध्यक्ष र एनआरएन केन्द्रीय सल्लाहकार पिजी शेर्पा,नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, नेफिन बेल्जियमका वरिष्ठ उपाध्यक्ष मुना राई, एनआरएन ग्लोबल अध्यक्ष पदम गुरुङ,शेर्पा संघ बेलायत अध्यक्ष रिन्जी शेर्पा रहनु भएको थियो ।

अतिथिहरू प्रवासी मन्च जर्मनी अध्यक्ष पासाङ शेर्पा, शेर्पा किदुक युरोपका निवर्तमान अध्यक्ष फूला शेर्पा,किदुक बेल्जियम निवर्तमान अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा, मगर समाज बेल्जियम अध्यक्ष लोक राना, तमु समाज अध्यक्ष होम गुरुङ, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, तामाङ समाज अध्यक्ष राम लामा, याक्थुङ चुम्लुङका अध्यक्ष वदन योंगहाङ्ग, नेपाली जनप्रगतिशील मन्च युरोप अध्यक्ष चित्र सुवेदी, एनआरएनए बेल्जियम पूर्वअध्यक्ष र हाल केन्द्रीय उपाध्यक्ष गंगाधर गौतम, प्रवासी मन्च बेल्जियम अध्यक्ष विनोद न्यौपाने,जनता समाजवादी पार्टी बेल्जियम अध्यक्ष नेत्र मगर,नेपाली व्यवसायी सॅघ अध्यक्ष चिरनकुमार खवास, एनआरएन बेल्जियम निवर्तमान अध्यक्ष खडकबहादुर केसी, नेकपा एमाले बेल्जियम निवर्तमान अध्यक्ष एवं अन्तर्राष्ट्रिय कमिटी महिला संयोजक इशाव-चन्द्रकुमारी गुरुङ, जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोविन्द अधिकारी, नेपाली जनप्रगतिशील मन्च बेल्जियम उपाध्यक्ष मनिष गुरूङ,पर्वत समाज अध्यक्ष नन्दकुमारी गुरूङ,गुल्मी समाज अध्यक्ष कुलबहादुर कार्की,नवलपरासी समाज अध्यक्ष नरहरि सापकोटा लगायत रहनुभएको थियो । विशिष्ट अतिथि र अतिथिहरुलाई शेर्पा संस्कारअनुरूप सम्मान गरिएको थियो ।

२१५२ औं बौद्ध नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरुले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्रदान गर्नका लागि स्वेच्छादान सहयोग संकलन गरेका थिए । परोपकारी उक्त कार्यका निम्ति सबैभन्दा धेरै रकम १ लाख ५० हजार दान गर्नुभएका शेर्पा समाजका अग्रज एवम् नेफिन र एनआरएनए बेल्जियम पूर्वअध्यक्ष पिजी शेर्पाले गर्नुभएको थियो ।

बौद्ध परम्पराअनुसार धार्मिक पूजा, सांस्कृतिक झाँकी एवम् शेर्पा भाषामा गायन र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बेल्जियममै जन्मे हुर्केका बालबालिकाहरुले शेर्पा भाषामा गायन तथा नृत्य पस्किएर उपस्थित अतिथिहरुलाई रोमान्चित मात्र बनाएनन् आफ्नो भाषा, धर्म र संस्कृतिलाई परदेशमा समेत अगाढ स्नेहसहित जिवन्त राख्न सकेको प्रमाण पेस गरेका थिए । कार्यक्रममा बेल्जियमका साथै जर्मनी, पोर्चुगल,नेदरल्यान्ड,फ्रान्स,बेलायतलगायत छिमेकी देशहरूबाट पनि शेर्पा समाजबाट प्रतिनिधित्व र उल्लेख्य उपस्थिति रहेको थियो । भरपुर मनोरन्जनका साथ बिहान भालेको डाकसम्म साँस्कृतिक कार्यक्रम चलेको थियो । रातभर गीत र नृत्यमा सिंगो नेपाली समुदाय रमेका थिए ।

कार्यक्रमका सभापति एवं शेर्पा समाज बेल्जियमका अध्यक्ष पेम्बा शेर्पा (पीडी)ले ल्होसार कार्यक्रम सफल बनाउन संस्थाको परोपकारी अभियानमा सहयोग गर्ने, सहभागिता जनाउने सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम ल्हमु शेर्पाले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री