एनआरएनएको सदस्यता वितरण अप्रिल ७ सम्म

लन्डन । एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण समय एक हप्ता थप्ने निर्णय गरेको छ ।

३० मार्च २०२५ मा संयोजक शेष घलेको अध्यक्षतामा बसेको भर्चुअल रुपमा बसेको समितिको १३ औं बैठकले ३१ मार्चसम्म तोकिएको सदस्यता वितरण अब अप्रिल ७ सम्म (नेपाली समय २३:५९) रहने निर्णय गरेको हो ।

उक्त बैठकले अहिलेको विशेष परिस्थितका कारण एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनुपर्ने निर्णय गरेको सचिवालयकी सदस्य सचिव जानकी गुरुङले विज्ञप्तिमार्फत जनाउनुभयो ।

साथै बैठकले आउँदो मे ३-५ मा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि सुरु गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री