लन्डन । नेपाली दूतावास लन्डनले केम्यान आइल्यान्डस्मा कन्सुलर सेवा सञ्चालन गरेको छ ।
दूतावासबाट प्रदान गरिने राहदानी नवीकरणलगायत सेवाका लागि १४ अप्रिल २०२५ मा घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरमा १० भन्दा बढी नागरिकले सेवा लिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइल्यान्डस्मा तीन हजारभन्दा बढी नेपाली सुरक्षा तथा सेवा क्षेत्रमा कार्यरत छन् ।