एनआरएनए यूकेका १० वटा विभाग गठन, संयोजकमा को को ?


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतले २०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन भन्दै विभिन्न विभाग गठन गरेको छ । संघको आइतबार आफ्नै कार्यालय फार्नबोरोमा बसेको बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको हो ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको बैठकले च्यारिटी विभागको प्रमुख संयोजकमा उपाध्यक्ष अनिल मल्ल, गोर्खा विभाग प्रमुख संयोजकमा उपाध्यक्ष रिचर्ड गुरुङ र उपसंयोजकमा दीपक सुब्बा, विद्यार्थी विभागको प्रमुख संयोजकमा निशान पन्धक र उपसंयोजकमा दिवाराज राई, पब्लिक रिलेसन र सदस्यता विभागमा प्रमुख संयोजक उपाध्यक्ष धन तामाङ, हेल्थ विभागको प्रमुख संयोजकमा डा. ओसिन लिम्बु, उपसंयोजकमा शिमानी श्रेष्ठ, सुशासन तथा भ्रष्टाचार निवारण (एन्टी करप्सन) विभागमा प्रमुख संयोजक कृष्णप्रसाद खतिवडा र उपसंयोजकमा एसके श्रेष्ठ, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुख संयोजक झलक पुन, उपसंयोजकमा मेख गुरुङ (मेक्सी) र जानुका राई, सोसल मिडिया प्रमुख संयोजकमा गीता शाही केसी, महिला विभागमा प्रमुख संयोजक मणिकला राई गुरुङ र उपसंयोजकमा कल्पना कन्दङवा, विजनेश इन्टरप्रेनर प्रमुख संयोजक सुरेश केसी र उपसंयोजकहरुमा मणिकला राई र विजय गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले संघको प्रवक्तामा डा. कुलप्रसाद कँडेल र दुई मनोनीत सदस्यहरुमा एसके श्रेष्ठ एवं गीता केसी शाही रहनुभएको छ । उक्त बैठकले जुलाईमा इंग्ल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठन गर्ने निर्णय पनि गरेको छ । संघले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त बनाउन बेलायतमा राष्ट्रिय तथा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ ।

संघले वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा समेत दायर गरेको अवस्थामा अन्तरक्रियालाई प्राथमिकतामा राखेको हो । बैठकले दोश्रो एनआरएनए फुटबल कप प्रतियोगिता आउँदो अगष्ट १६ मा गर्ने निर्णयसमेत गरेको छ ।

संघको प्रमुख सल्लाहकारमा आर के त्रिपाठीलाई थप्दै यसअघिको कार्यकालका सबै प्रमुख सल्लाहकार, प्रमुख संरक्षक डेभिड गुरुङ र सल्लाहकारहरु यथावत राख्ने निर्णय गरेको छ । केही सल्लाहकारहरु भविष्यमा थपिने संघले जनाएको छ।

सल्लाहकार, प्रमुख संरक्षक र सल्लाहकारहरुलाई ११ जुलाई शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरि प्रमाणपत्रसहित सम्मान गरिनेछ । आउँदो ३ देखि ५ मेसम्म काठमाडौंमा हुन लागेको संघको अन्तर्राष्ट्रिय एकता अधिवेशनमा बेलायतबाट सकेसम्म धेरै सदस्यहरुको सहभागिता गराउन पहल गर्ने निर्णय पनि भएको छ ।

अध्यक्ष प्रेम गाहामगरले नयाँ टिमलाई प्रभावकारी रुपमा संघ सन्चालनका लागि गम्भीर बन्न निर्देशन दिँदै नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।

महासचिव जुरेन्द्र खजुमले सन्चालन गरेको बैठकमा बहुमत कार्यसमिति पदाधिकारी, सदस्यहरु एवं पर्यवेक्षक गरी तीन दर्जन सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री