लन्डन म्याराथनमा भाग लिन धाविका सन्तोषी श्रेष्ठ बेलायतमा

लन्डन । लन्डन म्याराथनमा भाग लिन धाविका सन्तोषी श्रेष्ठ बेलायत आउनुभएको छ । उहाँ बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लनुभएको हो ।

उहाँलाई विमानस्थलमा नेपाल रन यूकेका पदाधिकारी र आफन्तले स्वागत गर्नुभयो । सन्तोषीले २७ अप्रिल २०२५ (वैशाख १४ मा) हुने लन्डन म्याराथनमा भाग लिनुहुनेछ । सन्तोषीको सहभागितालाई नेपाल रन युकेले व्यवस्थापन गरेको जनाइएको छ ।

 पेरिस ओलम्पिक खेल्नुभएकी सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता धाविका हुनुहुन्छ । उहाँले सागमा १० हजार मिटर दौडबाट स्वर्ण जित्नुभएको थियो ।

गत वर्षबाट म्याराथन दौडन थाल्नुभएकी सन्तोषीले ढाका बंगबन्धु म्याराथनमा स्वर्ण जितेर आफ्नो अन्तर्राष्ट्रिय सहभागितालाई स्मरणीय बनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री