प्रितम गुरुङको ५० औं फिल्म ‘मुख्या’ बेलायतबाट प्रिमियर हुने

लन्डन । पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङको ५० औं फिल्म ‘मुख्या’को प्रिमियर बेलायतमा हुने भएको छ ।

नायक गुरुङले शनिबार पोस्टर सार्वजनिक गर्नुहुँदै बेलायतबाट प्रिमियर गरिने जानकारी दिनुभएको हो । आगामी ११ जुलाई र १३ जुलाईमा प्रदर्शन गरिन लागेको मुख्या फिल्म पारिवारिक चलचित्र रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्रमा ३ पुस्ता (बाजे-छोरा-नाती) को कथा अनि बेलायतबाट नेपाल जाने, गुरुङ संस्कार, संस्कृति मनाउँदा आउने असमझदारीको कथा समेटिएको छ ।

मुख्या चलचित्रमा टिकाराम घले, विष्णु गुरुङ, रिया गुरुङ, सबिना गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ, प्रिया गुरुङ आदि कलाकारको अभिनय रहेको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीत, दीपक गुरुङ र पबित्र गुरुङको स्वर रहेको छ ।

खेम थापा मगरको छायांकन, सन्तोषी गुरुङको कोरियोग्राफी, इना गुरुङको मेकअप, मेक थापाको सम्पादन रहेको चलचित्र लेखन/निर्माण/निर्देशन प्रितम गुरुङले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री