पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी बन्न बेलायती राजकुमारसहित विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

लन्डन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् ।

भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् । समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।

सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोर्याउने प्रयास गर्नुभएको थियो । सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उहाँको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् र उहाँको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए ।

स्थानीय समयअनुसार बिहान १०:०० बजे सुरु हुने उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी हुने अपेक्षा गरिएको छ । करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् ।

सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्युभएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उहाँको अन्त्येष्टि गरिनेछ । शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।

पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो । उहाँको अन्तिम सार्वजनिक कार्य, उहाँको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उहाँले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गर्नुभएको थियो ।

जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोज्नुभएका उहाँले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहनुहुन्थ्यो भने उहाँमा महङ्गो लुगा र पोप महलको लालसा थिएन । चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्नुहुन्थ्यो आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहनुहुन्थ्यो । उहाँ एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री