इरानको व्यापारिक विशाल बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा २८ को मृत्यु, ८ सयजना घाइते

लन्डन । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । अन्य आठ सय जना घाइते भएका छन् ।

विस्फोट शनिबार बिहान दक्षिणी इरानको शहीद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै भएको त्यहाँका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटले वरपरका भवनका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको बीबीसीले जनाएको छ । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसुस भएको बताएका छन् । सरकारी सञ्चार माध्यमका अनुसार अझै ६ जना बेपत्ता भएका छन् ।
बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धुवााले ढाकिएको र सडकमा लडिरहेको देखिन्छ ।

बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको जनाएको छ । आकाशबाट खिचिएको भिडियोमा कम्तीमा तीन ठाउामा आगो लागेको देखिन्छ । इरानका गृहमन्त्रीले पनि आगो एक कन्टेनरबाट अर्कोमा फैलिरहेको बताएका छन् । सो क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबार बन्द रहने आदेश दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री