जाजरकोटमा नौ दिनदेखिको बन्द अवज्ञा

जाजरकोट, १ भदौ । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा गरिएको छ ।

बन्दको अवज्ञा गर्दै बिहानैदेखि व्यापारीले आ–आफ्ना व्यापार व्यवसाय सञ्चालन गरेका छन् । बन्द खुलेसँगै सदरमुकाममा चहलपहल निकै बढेको छ ।

लगातारको बन्दले जिल्लामा खाद्यान्न, पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य बस्तुको अभाव भएपछि स्थानीयवासीले बन्द खुलाउन दबाब दिँदै आएका थिए । उपभोक्ताको आग्रहलाई आन्दोलनरत पक्षले वेवास्ता गरेपछि व्यापारी र स्थानीयवासीले बन्दको अवज्ञा गर्दै पसल, व्यापार, उद्योग तथा यातायात सञ्चालन गरेको स्थानिय रत्नराज हमालले बताए ।

यहाँका विद्यालय भने सोमबारदेखि नै सञ्चालन गर्न दिने आन्दोलनकारीले सहमति जनाएका थिए । सहमतिपछि विद्यालय खुलेपनि बजार तथा यातायातका साधन भने ठप्पै थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री