दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेले उत्तर कोरियालाई दुई देशको सीमा क्षेत्रमा भएको तनावका बीच ‘उत्तेजित’ बनाउने गरी दिएको अभिव्यक्तिलाई लिएर क्षमा याचना गर्न भनेको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति पार्कले उत्तर कोरियाद्वारा क्षमा याचना नगरेसम्म कोरियाली सीमा क्षेत्रमा दक्षिण कोरियाको पक्षमा प्रचारबाजी जारी राख्ने जनाउनुभयो ।
दुई कोरियाका अधिकारीबीच सीमा क्षेत्रको पानमुनजोन गाउँमा वार्ता चलेको छ ।
यसैगरी, उत्तर कोरियाले सीमा क्षेत्रमा दक्षिण कोरियाले जारी राखेको प्रचारबाजी बन्द जारी गर्न दबाब दिँदै आएको छ ।
उक्त क्षेत्रमा केही दिनअघि बारुदी सुरुङ विस्फोटनमा दुई जना दक्षिण कोरियाली सैनिक घाइते भएका थिए ।
झडपलाई नियन्त्रण गर्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घका महासचिवले यसअघि नै दुवै देशलाई संयमित भई वार्तामा सहभागी हुन र पछिल्लो समय कोरियन प्रायद्वीपमा देखिएको तनावलाई मत्थर गर्न आग्रह गरी सक्नुभएको छ ।