वाशिङ्गटन (अमेरिका), ९ भदौ । अमेरिकी सहर भर्जिनियाको एक टेलिभिजनको प्रत्यक्ष अन्तरर्वाता लिने क्रममा बुधबार दुई पत्रकारको हत्या गरिएको उक्त टेलिभिजन स्टेसन (डब्लुडीबीजे ७) ले जनाएको छ ।
आक्रमणबाट घाइते बनेका टेलिभिजन पत्रकारद्वयको मृत्यु भएको हो ।
अन्तरवार्ता लिने २४ वर्षीय एलिसन पार्कर तथा २७ वर्षीय फोटो ग्राफर एडम वार्डलाई स्थानीय समयअनुसार ६ः४५ बजे गोली हानी हत्या गरिएको डब्लुडीबीजे ७ ले बताएको छ ।
उनीहरुले मोनेटास्थित एक व्यापारिक महल ब्रिजवाटर प्लाजाबाट पर्यटन सम्वन्धि प्रत्यक्ष प्रसारणका लागि अन्तरर्वाता लिँदै थिए । प्रत्यक्ष प्रसारण भएकाले अन्तरवार्ताको केही भाग टीभीबाट प्रसारण भइसकेको छ ।
यसैबीच भर्जिनियाका गभर्नर टेरी म्याकअलिफले प्रहरीले संदिग्ध आक्रमणकारीलाई पिछा गरिरहेकोले छिट्टै पक्रिन सफल हुने बताउनुभएको छ ।
उहाँले आक्रमणकारी उक्त टेलिभिजनको असन्तुष्ट कर्मचारी भएको आशङ्का गरेको र उसलाई इन्टरस्ेटट ६४ मा प्रहरीले पिछा गरिरहेको समेत बताउनुभयो ।
साथै प्रहरीले आक्रमणकारीलाई नसमातेसम्म टेलिभिजनका कर्मचारी, पत्रकार सबैलाई सुरक्षाका लागि स्टेसन बाहिर नजान अनुरोध गरेको छ ।
भर्जिनिया टेलिभिजनमा कार्यरत एक कर्मचारीले आक्रमणकारी पार्करसँग सम्बन्ध गाँस्न चाहन्थ्यो भनेका छन् ।