मोगादिसु, १० भदौ । सेमालियाका अधिकारीहरुले अल सेबाबका कम्तीमा पनि २० जना लडाकू मारिएको जनाएका छन् । बुधबार ती लडाकू मारिएका समाचारमा जनाइएको छ ।
दक्षिणी सोमालियाको गेदो क्षेत्रमा भएको भिडन्तका क्रममा ती लडाकू मारिएका हुन् । अधिकारीहरुले उक्त क्षेत्रमा सोमाली सैनिक र अल सेबाबका लडाकूबीच भिडन्त भएको जनाएका थिए ।
गेदो क्षेत्रको बुर्गादद गाउमा अल सेबाबको आश्रयस्थल रहेको बताइएको थियो । सो आश्रयस्थलमा सोमली सैनिकले आक्रमण गरेको थियो ।
उक्त आक्रमणमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । एकजना सैनिक अधिकारीले भने– कारबाहीका क्रममा कम्तीमा पनि २० जना सैनिक मारिएका छन् र थप ३० जना घाइते भएका छन् ।
मारिनेमा कम्तीमा पनि नौ जना सैनिक र अरु दुई जना वरिष्ठ सरकारी अधिकारी पनि परेका ती सैनिक अधिकारीले जानकारी दिएका छन् ।
सोमाली सैनिकले पछिल्लो समयमा लब सेबाबका विरुद्धको कारबाहीलाई व्यापक बनाएको बताइएको छ ।
उक्त गाउमा बाँकी रहेका अल सेबाबका लडाकूहरु भागेका छन् भने अरु कयौँ गाउले पनि डरले विस्थापित भएका छन् ।