धनगढी, ११ भदौ । कैलाली जिल्लाको टीकापुर नगर क्षेत्र र सदरमुकाम धनगढी नगर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।
धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको समयमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो ।
टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।
घटनालगत्तैबाट टीकापुर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सुरक्षाको व्यवस्थापन गरिएको छ । रासस