बैंकक, (थाइल्यान्ड), १२ भदौ । बैंकक बम आक्रमणको अभियोगमा समातिएका व्यक्ति टर्कीका नागरिक भएको थाइल्याण्डको उच्च सैन्य अधिकारीले बताउनुभएको छ ।
मल्टिपल पासपोर्ट धारी अभियुक्त एडेम काराडामलाई बैंककको धार्मिक स्थानमा २१ जनाको ज्यान जाने गरी बम विस्फोटन गराएको आरोपमा शनिबार बैंककको बाहिरी क्षेत्रबाट पक्राउ गरिएको थियो ।
हत्यारा टर्कीको मल्टिपल पासोर्टधारी व्यक्ति भएको, आन्तरिक सुरक्षा सञ्चालन अपरेशन कमाण्डका प्रवक्ता बामफट फमफेनले बताउनुभयो ।
उनले धेरै पासपोर्ट बोकेको पनि बामफटले बताउनुभयो । ‘यो अचम्मको कुरा छ कसरी उनले यति धेरै पासपोर्ट लिन सके ? उहाँले थप्नुभयो, तर तीमध्ये धेरै पासपोर्ट एउटै देशको भएको बताइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी छ ।