अंकरा (टर्की), २० मङ्सिर । रसियाले टर्की पानीजहाजलाई दुःख दिएको बदलामा सामसुन भन्ने ठाउँमा चारवटा रसियाली पानी जहाजलाई कब्जामा लिएको इहलास न्यूज एजेन्सीले आइतबार जनाएको छ ।
पानी जहाजलाई गएको हप्ता टर्कीका सरकारी अधिकारीले रसियामा दुःख दिएको भन्दै प्रतिसोधस्वरुप चारवटै रसियाली जहाजलाई आवश्यक कागजात नभएको भन्दै कब्जामा दिएको हो ।
तीन पानीजहाजले रसियाले मागेका कागजात पेस गरेपछि छोडेको तर एकअर्को जहाजलाई भने अझै नियन्त्रणमा लिइएको रसियाली बन्दगाह व्यवस्थापनले बताएको छ ।
गएको हप्ता रसियाले टर्कीका पाँच वटा पानीजहाजलाई रसियाको नोभोरसिक बन्दगाहमा नियन्त्रणमा लिएको थियो ।
रसियाली युद्धक विमानले अन्तर्राष्ट्रिय सीमा कानुनको उल्लङ्घन गरी टर्कीको आकाशमा उडेको भन्दै गएको महिना (नोभेम्बर २४) मा टर्कीले रसियाली विमानलाई हवाई आक्रमण गरेपछि दुई छिमेकी राष्ट्रबीचको सम्बन्धमा समस्या देखिँदै आएको छ ।