जनवरी ः
७–९, फ्रान्सको प्रमुख व्याङ्ग्यात्मक पत्रिका सार्ली एब्दोको कार्यालय पेरिसमा आतङ्ककारी आक्रमण र यसको दुई दिनपछि पेरिसकै एक यहुदी सुपरमार्केटमा पुनः आक्रमण हुँदा १७ को मृत्यु ।
२६, अमेरिकी गठबन्धन सेनाको सहयोगमा सञ्चालित चार महिना लामो हवाई आक्रमण पश्चात् सिरियाली कुर्दिस सेनाले इस्लामिक स्टेट (आईएस) का जिहादी लडाकूलाई टर्कीको सिमाना नजिकैअवस्थित कोषाने सहरबाट धपाउन सफल ।
फेब्रुअरी ः
१२, युक्रेन । युक्रेनका पृथकतावादी विद्रोही र सरकारबीच फ्रान्स जर्मनी र रुसद्वारा समर्थित मिन्स्क द्वितीय शान्ति मार्गचित्रमा हस्ताक्षर । तर यो सम्झौता धेरै समय टिकेन । पुनः १ सेप्टेम्बरमा अर्को सम्झौता भएता पनि डिसेम्बरको पहिलो सातासम्म पनि सरकार र विद्रोहीबीच व्यापक झडप निरन्तर भइरहेको छ ।
मार्च ः
१७, इजरायल र प्यालेस्टिनी इलाका । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड दलले संसदीय निर्वाचनमा विजयी । जागापट्टीमा पहिलेदेखि नै निर्माण हुँदै आएको सेटलमेन्ट भवनहरु निर्माण कार्यमा थप तिब्रता । प्यालेस्टिनीहरुसँगको शान्तिप्रक्रियाका बिश्राम । परिणामस्वरुप आक्रोशित प्यालेस्टिनीहरुद्वारा इजरायली सरकारी भवन र सुरक्षाकर्मीमाथि ढुङ्गामुढाको वर्षा, हतियारको प्रयोग आत्मघाती कार आक्रमण र हिंसात्मक झडपहरु ।
१८, ट््युनिसिया । ट्युनिसियाको राजधानी ट्युनिसस्थित बाडौ म्युजियममा आतङ्ककारी आक्रमण हुँदा २१ जना विदेशी पर्यटकहरु र एक जना ट्युनिसियाली प्रहरीको मृत्यु त्यसको लगभग डेढ महिनापछि जुन २६ मा ट््युनिसिया कै एउटा होलिडे रिसोर्टमा यस्तै आक्रमण हुँदा अधिकांश बेलायतीसहित ३८ जना विदेशी पर्यटकको मृत्यु । यसको छ महिनापछि नोभेम्बर २४ का दिन राष्ट्रपतिको सुरक्षाकर्मी चढेका बसलाई लक्षित गरी बम प्रहार गरिँदा केही सुरक्षाकर्मीसहित कम्तीमा १२ जनाको मृत्यु । अलग–अलग मितिमा गरिएको तीनवटै आक्रमणको जिम्मा इस्लामिक स्टेटले लियो ।
२४, फ्रान्स । सस्तो दरमा हवाई सेवा उपलब्ध गराउने जर्मनीको बजेट एयरलाइन्स जर्मन विङ्ग्सको एउटा एयरबस फ्रान्सेली पर्वतमाला फ्रेन्स आल्प्समा ठोक्किँदा विमानमा सवार यात्रु १५० सबैको मृत्यु । दुर्घटना अनुसन्धानकर्ताका अनुसार सहचालक एडियास लुबिजको लहरबाजीले जानाजानी उक्त विमान दुर्घटनाग्रस्त बनाएको ठहर ।
२६, यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको जेट विमानद्वारा राष्ट्रपति आबेद रब्बो मन्सुर हादीलाई समर्थन गर्दै हुथी सिया विद्रोहीमाथि व्यापक बम वर्षा । यमनको द्वन्द्वमा हालसम्म करिब छ हजारको मृत्यु भइसकेको पुष्टि ।
अप्रिल ः
२, केन्या ः सोमालिया । सोमालियाका सबाब इस्लामिक विद्रोही लडाकू केन्या पुगी गारिसा विश्वविद्यालयमा आक्रमण अधिकांश विद्यार्थीसहित कम्तीमा १७८ जनाको आमहत्या ।
२५ , नेपाल । नेपालको मध्य उत्तरी पहाडी भूभागलाई केन्द्रविन्दू बनाएर गएको ७.८ रिक्टर स्केलको गोरखा भूकम्पले करिब ८ हजार ९०० को ज्यान लिनुका साथै लगभग पाँच लाख घर आंशिक पूर्णरुपमा क्षतिग्रस्त । यसको करिब दुई हप्तापछि मे १२ का दिन ७.३ रिक्टर स्केलको पराकम्पबाट थप केही दर्जनको मृत्यु ।
२६, बुरुन्डी । बुरुन्डीका राष्ट्रपति पियरे कुरुन्जिजाले निर्वाचनमा तेस्रो पटक विजय हासिल गरेको । निर्वाचनमा राष्ट्रपतिद्वारा धाँधली र शक्तिको दुरुपयोग गरेको भन्दै हजारौँद्वारा हिंसात्मक विरोध प्रदर्शन । प्रदर्शन केही महिनासम्म जारी सयौँ आन्दोलनकारी मारिए ।
मे ः ७, बेलायत । प्रधानमन्त्री डेभिड क्यामरुनको कन्जरभेटिभ पार्टीको बेलायती आमनिर्वाचनमा पुनःविजयी यसले बेलायत युरोपेली सङ्घ (ईयू) मा प्रवेश गर्ने कि नगर्ने भन्ने राष्ट्रव्यापी जनमत सङ्ग्रहमा जान सहज हुने विश्वास ।
२९, नाइजेरिया । गत मार्चको निर्वाचनमा विजयी हुनुभएका राष्ट्रपति मुहमदु बुहारीको सपथ ग्रहणको लगत्तै पश्चात् इस्लामिक स्टेट आतङ्ककारी सम्बन्ध नाइजेरियाली बोको हराम इस्लामीक लडाकूविरिुद्ध व्यापक सैनिक कारबाही गर्ने प्रतिबद्धता । बोको हराम विद्रोहीहरुले मुलुकका एक हजार पाँच भन्दा बढी नागरिकको हत्या गरिसकेको । यिनै आतङ्ककारीले नाइजेरियालाई आफ्नो अखडा बनाएर छिमेकी कुलुकहरु क्यामरुन, चाड, नाइजरमा समेत आक्रमण गर्दै आएका ।
जुन ः
१, चीन । मध्य चीन भएर बग्ने एक ठूलो नदी याङत्सेमा एउटा चिनियाँ यात्रुवाहक जहाज पल्टिँदा त्यसमा यात्रा गरिरहेका ४५४ मध्ये ४४२ जनाको मृत्यु ।
१७, संयुक्त राज्य अमेरिका । साउथ क्यारोलिना राज्यको चाल्र्सटन महानगरमा अवस्थित ऐतिहासिक ब्ल्याक चर्चमा एक जना गोरा बन्दुकधारीले आक्रमण गरी अन्धाधुन्द गोली चलाउँदा आक्रोसित अश्वेतहरु र प्रहरीबीचको व्यापक झडप, श्वेत र अश्वेतबीच जातीय विभेदको भावना मौलायो ।
२६, संयुक्त राज्य अमेरिका । अमेरिकी सर्बोच्च अदालतले सबै राज्यहरुमा समलिङ्गी विवाह (पुरुष र पुरुषबीच) गे म्यारिजलाई अधिकार प्रदान ।
जुलाई ः
१, संयुक्त राज्य अमेरिका ः क्युबा । शीत युद्धताका आपसमा शत्रुवत व्यवहार गर्ने अमेरिका र क्युबाबीच ५४ वर्षपछि पुनः दौत्य सम्बन्ध कायम गर्दै ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर ।
१३, ग्रीस । प्रधानमन्त्री अलेक्सिस सिप्रासले तीन वर्षमा तिर्ने गरी ८६ अर्ब युरो (९३ अर्ब अमेरिकी डलर) बराबरको युरोपेली सङ्घीय ऋण लिन स्वीकार । प्रधानमन्त्री सिप्रास गहिरो विवादमा सेप्टेम्बर २० मा भएको निर्वाचनमा उनको दल रियाडिकल लेफ्ट पार्टी सिरिजा संसदीय निर्वाचनमा विजयी ।
१४, इरान । इरान र पश्चिमेली ठूला शक्ति राष्ट्रबीच १८ दिनसम्म चलेको छलफलमा इरानले कुनै पनि आणविक निर्माण वा खरिद नगर्ने भन्ने प्रतिबद्धता ।
अगस्ट ः १२ चीन । चीनको तियानजिन महानगरमा अवस्थित एउटा रासायनिक पदार्थ भण्डारण केन्द्रमा भीषण विस्फोट हुँदा कम्तीमा १६५ को मृत्यु ।
सेप्टेम्बर ः
३, ग्वाटेमाला । ग्वाटेमालाको कँग्रेस (संसद) ले भ्रष्टाचारको आरोप लगाई पक्राउ पुर्जीसमेत जारी गरेपछि राष्ट्रपति ओट्टो पेरेजद्वारा राजीनामा ।
१८, संयुक्त राज्य अमेरिका÷जर्मनी । ठूलो परिमाणमा गाडी उत्पादन गर्ने जर्मनी कम्पनी भक्स वागन कम्पनीलाई अमेरिकी प्रदूषणस्तर निरीक्षणलाई झुक्याई ठगी गरिरहेको भन्ने आरोपमा मुद्दा लगाइयो । यसबाट अमेरिका मै ठूलो काण्ड मच्चियो ।
१९–२२, क्युबा । पोप फ्रान्सिस अमेरिका जाने क्रममा क्युबाको ऐतिहासिक भ्रमण । धर्मगुरु पोपले नाभेम्बर २५ देखि ३० सम्म केन्या, युगान्डा र मध्य अफ्रिकी गणतन्त्रको समेत भ्रमण गरे ।
२४ , साउदी अरेबिया । मुसलिम धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मक्का नजिक रहेको सीमामा हज तीर्थयात्रीहरुबीच भागदौड चल्दा दुई हजार २३६ को मृत्यु ।
३०, सिरिया । इस्लामिक स्टेटविरुद्ध सैनिक कारबाही गरेको भन्दै रुसद्वारा सिरियाली भूभागमाथि हवाई आक्रमण टर्की तथा उसका मित्रराष्ट्रहरुद्वारा भने राष्ट्रपति बसार अल असादको शासनमाथि आक्रमण भनी तीब्र आलोचना ।
अक्टोबर ः
३, (अफगानिस्तान) उत्तरी अफगान सहर कुन्दुजमा अवस्थित एक अस्पतालमा अमेरिकी हवाई आक्रमणमा बिरामीसहित ४२ को मृत्यु । अमेरिकाद्वारा क्षमा याचना, अफगानी सुरक्षाकर्मी एक्लैले मात्र तालिवान लडाकूसँग टक्कर लिननसक्ने कारण सन् २०१६ पछि हजारौ बहुराष्ट्रिय सेना अफगानिस्तानमै रहने वासिङ्गटनको भनाई ।
१९, क्यानाडा । लोकप्रिय पूर्वप्रधानमन्त्रीका पुत्र लिवरल पार्टीका नेता जसटिन टुडो आमनिर्वाचनमा विजयी ।
२९, चीन । अत्यन्त विवादास्पद रहेको चीनको एक सन्तान नीति खारेज ।
३१, इजिप्ट ः रुस । इजिप्टको सार्म–एल–शेख रिसोर्टबाट रुसकोरहने वासिङ्गटनको भनाई ।
१९, क्यानाडा । लोकप्रिय पूर्वप्रधानमन्त्रीका पुत्र लिवरल पार्टीका नेता जसटिन टुडो आमनिर्वाचनमा विजयी ।
२९, चीन । अत्यन्त विवादास्पद रहेको चीनको एक सन्तान नीति खारेज ।
३१, इजिप्ट ः रुस । २२४ जनाको ज्यान जाने गरि इजिप्टको सिन्नाइ पेनिनसुला रेड सी रिसोर्ट नजिक रसियन कोगलमाभिया एयरलाइनको एयरबस ए ३२१ जहाज दुर्घटना । रसियाले उक्त आक्रमणलाई आइएस समर्थित आतंककादी आक्रमण बताउंदै आएको छ ।