ताइपेन, २ फागुन । ताइवानमा गत फेब्रुअरी ६ मा आएको भूकम्पको उद्धारकार्य सकिएको घोषणा गरिएको छ । यस भूकम्पमा परी बेपत्ता भएका नौ व्यक्तिको शव फेला परेपछि मृतकको सङ्ख्या ११६ पुगेको छ ।
सो शक्तिशाली भूकम्पबाट शनिबार सम्म ११६ को मृत्यु भएको घोषणा गरिएको हो । स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो ।
ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको थियो । ताइवानमा सन् १९९९ मा गएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।