नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली छ राष्ट्रले भाग लिनेछन् जसमा सवै राष्ट्रका गरी आठ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालबाट सर्वाधिक चार सय खेलाडीले भाग लिनेछन् । त्यस्तै भारतबाट तीन सय ५०, श्रीलङ्काबाट २५, बङ्गलादेशबाट २०, पाकिस्तानबाट १५ र भुटानबाट १० खेलाडी सहभागी हुने आयोजक सङ्घले जनाएको छ ।
स्थानीय लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने तीनदिने प्रतियोगिता अन्तर्गत कुमुतेमा २२ र कातामा चार गरी जम्मा २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।