जुवा, १७ असार । संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता संस्था शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुडानको दक्षिणी कोर्डोफान र ब्लु नाइल राज्यमा विगत पाँच वर्षदेखि जारी द्वन्द्वका कारण यस वर्षमात्रै सुडानबाट दक्षिणी सुडानमा शरणार्थीका रुपमा करिब आठ हजार मानिस विस्थापित भएका बताएको छ ।
राष्ट्रसङ्घको तथ्याङ्कअनुसार दक्षिण सुडानमा दुई लाख ७० हजार मानिस शरणार्थी जीवन बिताउन बाध्य छन् ।
दक्षिण सुडानमा १० लाख ६९ हजार मानिस आन्तरिक रुपमा नै विस्थापित जीवन बिताइरहेका राष्ट्रसङ्घको दाबी छ ।
सुडानबाट दक्षिण सुडान आइपुग्ने करिब ९० प्रतिशत शरणार्थी महिला तथा बालबालिका रहेको प्रतिवेदनमा जनाइएको छ ।
यसरी दक्षिण सुडान पुग्ने प्रत्येक १० जना बालबालिकामध्ये एक बालक÷बालिका एक्लै अर्थात् आफ्ना अभिभावकको सहाराविना नै त्यहाँ पुगेका बताइएको छ ।
आठ हजार ३५० सुडानी शरणार्थीमध्ये सात हजार ५०० सन् २०१३ मा स्थापना गरिएको आजुओङ थोक शिविरमा पठाइएको छ भने बाँकीलाई अपर नाइलमा व्यवस्थापन गरिएको राष्ट्रसङ्घले बताइएको छ ।
उनीहरुलाई अस्थायी टहरा निर्माण गर्ने सामग्री राष्ट्रसङ्घले उपलब्ध गराएको छ ।