नयाँ दिल्ली, २ साउन । भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए । उपचाररत केहीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर (गम्भीर) रहेको बताइएको छ ।
प्रहरी अधिकारीले एक स्थानीय मदिरा बिक्रेतमलाई उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार अबेर पक्रउ गरी मुद्दा दायर गरेको छ ।
मदिरा बिक्रताले आफ्नो अन्तिम ब्याचको उत्पादनमा रक्सी कडा पार्न बिषाक्त रसायन मिसाएको भनी स्थानीयले लगाएका आरोपपछि अनुसन्धान अघि बढाइएको छ ।
पछिल्लो यस घटनालाई लिएर मुख्यमन्त्री अखिलेश यादवले इताह जिल्लाका पाँचजना कर्मचारी र दुई प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गर्नु भएको छ ।
उहाँले घटनामा मृत्युभएका व्यक्तिका आफन्तजनलाई दुई लाख भारतीय रुपैंया राहत दिने घोषणा समेत गर्नु भएको छ ।
भारतमा हरेक बर्ष घरेलु रक्सी सेवनबाट सयौं मानिसको अकालमा मृत्यु हुने गर्छ ।