बेइजिङ, २ असोज । आवासीय भवनहरुको मूल्य वृद्धि थेग्नै नसकिनेगरी बढेकोमा चिनियाँ नागरिक चिन्तित भएका छन् ।
चीनको केन्द्रीय बैंकले २० हजार नागरिकमाथि गरेको अध्ययनका अनुसार ५३.७ प्रतिशत नागरिकले आवासीय भवनहरु मुल्य बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
बैंकले प्रस्तुत गरेको तेस्रो चौमासिक प्रतिवेदनमा ०.३ प्रतिशत भन्दा बढी मूल्यवृद्धि भएको उल्लेख गरिएको छ ।
चौथो चौमासिक प्रतिवेदन सार्वजनिक हुँदा आवासीय भवनको मूल्यवृद्धि २३.१ प्रतिशतसम्म पुग्न सक्ने चिन्ता गर्दै उनीहरुमध्ये ५२.२ प्रतिशतले अहिलेकै अवस्थामा परिवर्तन नभएको हेर्न चाहेका बताइएको छ ।
बेजिङग र साङ्घाइजस्ता चीनका मुख्य सहरमा घरको मूल्य उच्चवृद्धि भएको छ भने साना सहरले पनि मुल्य वृद्धिको विरुद्धमा कडा सङ्घर्ष गरिरहेका छन् ।
थेग्नै नसक्ने कडा र उच्च मृल्यवृद्धिको प्रभाव ५० प्रतिशतमा परेको पनि केन्द्रीय बैंकले सर्वेक्षणका क्रममा पत्ता लगाएको छ ।