प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको शुक्रबार निरीक्षण भ्रमणका क्रममा आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराउँदै । तस्बिर ः आदित्य दाहाल, मेलम्ची (सिन्धुपाल्चोक), रासस
मेलम्ची (सिन्धुपाल्चोक), ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गर्नुभएको छ ।
आज बिहान निरीक्षणका लागि त्यहाँँ पुग्नुभएका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराए । उनले २० किलोमिटर सुरूङ खन्ने काम सम्पन्न भएको र अब ७ किलोमिटर खन्न बाँकी रहेको बताएका थिए।
सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।