टोक्यो, ७ असोज । पूर्वी जापानको तटीय सहरमा शुक्रबार एक शक्तिशाली भूकम्प गएको समाचार छ ।
सो भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जानकारी दिएको छ
स्थानीय समयाअनुसार शुक्रबार विहान ९ः१४ गएको यस भूकम्पको हालसम्म मानवीय र सम्पत्ति क्षतिको कुनै विवरण प्राप्त नभएको सो संस्थाले जानकारी दिएको छ ।
सो भूकम्पको केन्द्रविन्दु कात्सुउराबाट सहर १५० किलोमिटर टाढा आसपासकै इलाकामा रहेको बताइएको छ ।
जापानको मौसमविज्ञान विभागका अनुसार भने यो भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको छ ।
जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सन् २०११ को मार्च आएको ९.० रिक्टर शक्तिशाली भूकम्पपछिको सुनामीमा परी कम्तीमा १८ हजार व्यक्तिको मृत्यु भएको थियो ।
गत अप्रिलमा दक्षिण जापानी सहर कुमामोतो प्रान्तमा आएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो ।
यस भूकम्पपछि एक हजार सात सय पटक पराकम्पनहरु महसूस गरिएको जापानी सञ्चार माध्यमले बताएको थियो ।