प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिचबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालसित नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा नेपाल र बेलायतबीचको आपसी हितका बारेमा कुराकानी भएको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।
रक्षामन्त्री खाँण र मोरिसबीच भेट
रक्षामन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत मोरिसले आज शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र बेलायतको आपसी सम्बन्ध तथा दुई देशका जनता र सेनाका बीचको सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको रक्षा मन्त्रालयले जनाएको छ ।
सो अवसरमा रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटा र बेलायती दूतावासका रक्षा सहचारी कर्नेल इयन सेन्ट क्लेयर लोगनको समेत उपस्थिति थियो ।