चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
कार्तिक १३, २०७३ – हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी स्वादिष्ट खानेकुरा खान दिएर मनाइँदैछ । केही तस्विरमा तिहार रमाइलो –
तस्विरः इकान्तिपुर
तिहारका लागि झिनियाँ रोटी
गुल्मीको वामीटक्सारमा तिहारका लागि झिनियाँ रोटी सुकाउँदै महिला । तस्बिर ः कौरव खत्री, गुल्मी, रासस