काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतको इसारामा संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।
संवाद क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष केसीले तराईबाट पहाडलाई अलग गरेर देशलाई सिक्किमीकरण गर्न खोजेको आरोप लगाउनुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका केसीले सङ्घीयता देशका लागि क्यान्सर भएको विचार व्यक्त गर्नु भयो । उहाँले सरकारले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव पारित हुन नसक्ने दाबीसमेत गर्नुभयो ।