काठमाडौँ, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पोर्चुगल, कुवेत, युक्रेन र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नेपालका लागि पोर्चुगलका राजदूत जोओ डो क्रामो अतिदे दा काम्रा, कुवेतका राजदूत फहद अहमद एम. एम अलवादी, युक्रेनका राजदूत डा इगोर पोलिखा र मङ्गोलियाका राजदूत गोनचिग गान्बोल्डले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि मंगोलीयाका गैरआवासीय राजदुतद्वारा ओहदाको प्रमाणपत्र वुझाइ सकेपछि फोटो खिचाउँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस