तेहरान (इरान), ५ फागुन । इजरायलको आणविक हतियार विश्व समुदायका लागि ‘ठूलो सुरक्षा चुनौती’ भएको इरानले बिहीबार जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ आणविक हतियार बनाउन नदिने भनी बुधबार दिएको प्रतिक्रियापछि इजरायली आणविक हतियार शान्ति र सुरक्षाका लागि मध्यपूर्व र समग्र विश्वकै लागि विशाल चुनौती भएको छ, इरानले विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले बताउनुभयो ।
अमेरिकी राष्ट्रपनि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई वासिङटनमा भएको भेटमा इरानको आणविक हतियारप्रतिको मोह इजरायलको शान्ति र सुरक्षाका विषयमा देखिएको एउटा जबरजस्त चुनौती भएको बताउनुभएको थियो ।
इरानी विदेश मन्त्रालयले ट्रम्प र नेतन्याहुको टिप्पणीलाई ‘बकबास’ भनी खण्डन गर्नुभएको छ ।
घासेमीले इजरायली यहुदी प्रशासनले पटकपटक यस्ता अनुचित दाबी गर्दै आएको बताउनुभयो ।