एटलान्टा (अमेरिका), १० जेठ । कसैलाई गोप्य कुरा बताउनु भनेको विश्वास गर्नु हो । गुप्तचर सूचना आफ्नो सहयोगीलाई बताउदा खासै फरक नपर्ने विषय हो ।
अमेरिकाको मित्रराष्ट्रबाट प्राप्त गुप्तचर सूचना रसियाली विदेश मन्त्री र राजदूतलाई अमेरिकी राष्ट्रपतिको कार्यालयमा भएको भेटघाटमा अमेरिकी राष्ट्रपतिले सार्वजनिक गर्नुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्ण विश्वास गर्न नसक्ने सङ्केत देखिएको छ । यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा नराम्रो असर पु¥याएको छ ।
प्रत्येक गुप्तचर सम्वन्धका आ–आफ्नै नियम र कानून छन् । तर जहाँ लिखित सहमति प्राय शिष्टाचारको अंशका रूपमा आउछ, गोपनियताको आदानप्रदान एक लिखित सहमतिका रूपमा रहेको हुदैन र यो बर्षौंदेखिको आपसी विश्वासको सम्वन्धमा अडिएको हुन्छ अनि प्रत्येक पक्षले एकआपसका गोपनियतालाई जटिलता र खतराबाट जोगाएर अघि बढ्नुपर्छ ।
गुप्तचर सङ्घसंस्थावीचको विश्वास सडेर जाने खाद्यान्न सामग्री जस्तै हुन्छ जसलाई बिग्रेपछि प्रयोयमा ल्याउन सम्भव छैन । वास्तवमा त्यहाँ अव्यक्त धोखाहुने चुनौति वा भुलवस प्रकट हुने तथ्य हुन्छन् जसले पहिले र अहिलेको सम्वन्धलाई तोडिदिन पनि सक्छ । गत हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले ठीक त्यस्तै जोखिम उठाउनुभयो । विश्वभरका गुप्तचर सेवालाई नै प्रभावित पार्ने गरी उहाँले विश्वास के हो भन्ने कुनै जानकारी नै नभएको जस्तो गरी कसैसँग गोपनीयता भङ्ग गर्नुभयो ।
ट्रम्पले रसियाली पाहुनालाई खुलासा गरेका महत्वपूर्ण तथ्यहरूले खासै जटिल विवादको रूप लिएन । मुख्य समाचार सङ्संस्थाले विविध स्रोतलाई आधार बनाएर अमेरिकी राष्ट्रपतिको भनाइलाई बाहिर ल्याए । स्रोतले इश्लामिक स्टेट (आइएस) समुहले ल्यापटप कम्प्युटर र सजिलै पत्ता नलाग्ने खालका विष्पोटक पदार्थको प्रयोग गरी व्यवसायिक विमान कम्पनीलाई आक्रमण गर्ने योजनासमेत रहेका कुराहरू ट्रम्पमार्फत बाहिर आए । रसियाली कुटनीतिज्ञलाई ट्रम्पले आक्रमणको निशानाकेन्द्र र विष्पोटक पदार्थले पु¥याउने क्षतिका बारेमासमेत जानकारी गराएको जनाइएको छ । यी कुरा यसपूर्व अमेरिकाका यूरोपेली सहयोगीलाई समेत संवेदनशीलताको हिसावले उपलब्ध गराइने गरेको थिएन ।
ट्रम्पले यसलाई अमेरिकी राष्ट्रपतिको अधिकार क्षेत्रका रूपमा बताए किनभने अमेरिकी राष्ट्रपतिले कुनैपनि विषयलाई गोप्य सूचीबाट चाहेको खण्डमा हटाउन सक्छन् ।
ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जेनरल एच आर म्याकमास्टरले गुप्तचर सेवाको गोपनीयताबारे रसियाली प्रतिनिधिलाई ‘स्रोत र तरिका’बारे केही पनि जानकारी नगराएको बताएका छन् । छलफलबारे थप सूचना निसन्देहरूपमा बाहिर आउने नै छन् ।
तर जतिपनि नयाँ सूचना बाहिर आएका छन् तिनीहरूले तथ्यलाई परिवर्तन गर्ने छैनन् बरु ट्रम्पले जे गरे त्यो इतिहास बन्ने छ । र त्यो इतिहासले अमेरिकी गुप्तचर निकायमा र अमेरिकाको समुद्रपारमा रहेका मुलुकसँगको सम्वन्ध र सरोकारलाई असर पार्नेछ ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका डान कोट्स र विभिन्न १६ गुप्तचर निकायका प्रमुखमाथि स्वभाविक रूपमा प्रश्नचिन्ह खडा हुनेछ के अमेरिकी राष्ट्रपतिले राज्यको अति संवेदनशील सूचनालाई सुरक्षित एवम् गोप्य राख्नुहुनेछ । ती संस्थाका प्रमुखका नाताले सूचना गोप्य राख्नु उनीहरूको कर्तव्य र उच्च प्राथमिकता हुनेछ के यसले राष्ट्रपतिसँगको सम्वन्ध सुमधुर रहला ?
राष्टपतिलाई दैनिक गराइने जानकारीबारे सोचौं । सन् १९६० मा केन्द्रिय गुप्तचर निकायद्वारा स्थापना गरेको ‘पे्रसिडेन्टस डेली बिफ्र’ (पिडीबी) लाई गुप्तचर निकायलाई प्राप्त सूचनाका स्रोत उपलब्ध गराउने परम्परा अनुसार राष्ट्रपतिका रूपमा ट्रम्पलाई गुप्तचर निकायले गराउने जानकारी अन्तर्गत खरबौं अमेरिकी डलर लगानी भएका प्राविधिजन्य प्रणाली र अतिसंवेदनशील मानव स्रोत साधनको जानकारी राष्ट्रपतिको कार्यालयलाई प्राप्त हुन्छ । यसको सञ्चालन गर्ने निकायले कसरी सूचानालाई गोप्य राख्छ हेर्न बाँकी छ ।
अमेरिकाको गुप्तचर सेवा एकल प्रयासमा मात्र जीवित राख्न सम्भव छैन । यसका लागि अमेरिकाले दोस्रो विश्वयुद्धका सारथी, नेटो सदस्य र अमेरिकाका एसियाली सहयोगी राष्ट्रसँगको सहकार्य जरुरी छ तर एकपछि अर्को गर्दै गोपनीयता भङ्ग हुँदै जान हो भने राजनैतिक संवेदनशीलतालाई कम आकलन गरिने हो भने सम्वन्धमा समस्या आउन सक्छ ।
पक्कैपनि, अमेरिकाका सहयोगी विभिन्नराष्ट्रहरूको अमेरिकासँगको सम्वन्धमा विविधता छ । चेल्सी म्यानिङ र एडवार्ड स्नोडेनले जस्तै सूचनाको चुहावट, तथ्याङकको बेवास्ता लगायतका विविध कारण गुप्तचर सम्वन्ध र संवेदनशील सूचनाकोे गोपनीयता छताछुल्ल भएका छन् ।
यो विन्दुमा ट्रम्पको रसियाली कुटनीतिज्ञसँग गरिएको खुलासालाई विदेशी गुप्तचर नेताहरूले कसरी लिएका छन् त्यो त आउन बाँकी नै छ तर यसले उनीहरूले देखाउदैआएको अमेरिकी गुप्तचरसँग सूचनाको आदानप्रदान गर्ने विषयमा प्रभाव भने पक्कै पार्नेछ ।
विदेशी गुप्तचर निकायको विश्लेषणबाट जस्तोसुकै निष्कर्ष निकालिए पनि यो प्रष्ट छ कि ट्रम्पले विश्वभर खटिएका अमेरिकी गुप्तचर अधिकारीको पक्षमा भने काम गर्नुभएको छैन । कतिपय अधिकारीले व्यक्तिगत सम्वन्धको आधारमा आफ्नो जिम्मेवारी सम्हाल्दै सूचना र स्रोतबारे विश्वका जानकारी प्राप्त गरेका छन् । व्यक्तिगत रूपमा सम्वन्ध भएका कारण उनीहरूको अमेरिकालाई हेर्ने व्यक्तिगत धारणा त परिवर्तन नहोला तर उनीहरूको नेतृत्वले भने संवेदनशील सूचना, जुन ह्वाइट हाउसमा पुग्ने सम्भावना रहेको हुन्छ, लाई सोचेरमात्र प्रदान गर्नसक्नेछ किनकि उक्त सूचनामा क्रेमलिनको पनि नजर पुग्नेसम्मको अविश्वास प्रकट हुन्छ । यो ट्रम्पको आगमनपछि रसियासँग भएका गतिविधिका कारण स्वभाविक पनि देखिन थालेको छ ।
रासस- अनुवादकः दिलीप शर्मा
(केन्ट ह्यारिङ्टन सिआइएका पूर्व वरिष्ठ विश्लेषक, पूर्वी एसियाका लागि राष्ट्रिय सूचना अधिकारी र एसिया स्टेशन प्रमुख हुनुहुन्छ । उहाँले सिआइएको जनसम्पर्क मामिला निर्देशकका रूपमा काम गरिसक्नुभएको छ । )