मनिला, १८ जेठ । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।
घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेष्टीटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताउनुभयो ।
‘यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो’, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
रक्षा सचिव डेल्फीन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथि आक्रमण भएको बताउनुभयो । उहाँले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिले सम्म पनि एकिन हुन नसकेको जानकारी दिनुभयो ।
अर्को पत्रकार सम्मेलनमा लोरेन्जानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताउनुभयो । उहाँले मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्नका लागि ठुलो सङ्ख्यामा सैनिक पठाइएको जानकारी दिनुभयो ।
‘यो अत्यन्तै तरल अवस्था हो, हामी अधिकाँश त्यहाँ थियाँै’, उहाँले भन्नुभयो ।