सोमबार राति पक्राउ गरिएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई उपचारका लागि मंगलबार साँझ बीर अस्पतालको विरामी रेजिडेन्टहरुका लागि छुट्याइएको कोठा (क्याविन ९) भर्ना गरी उपचार गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २४ पुस – प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।
सर्वोच्च अदालतमा आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।
डा केसीका सहयोगी डा तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिनुभयो ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।