भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने नेपाल भ्रमणका क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै । उहाँ विशेष विमानबाट अपराह्न काठमाडौँ आईपुग्नु भएको हो । तस्विर – रमेश गिरी, भक्तपुर, रासस
काठमाडौँ, १८ माघ – भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ ।
अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भन्नुभयो, ‘नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।’
नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा (एमाले) अध्यक्ष र राजपा नेता आदिसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।