उलवीचमा मन्जु र बद्रीको रोमान्टिक दोहोरी

लन्डन । नेपालकी चर्चित लोक दोहोरी गायिका मन्जु बिक र गायक बद्री केसी आइतबार साउथ इष्ट लन्डनको उलवीचमा उत्रिए । ‘सनराइज लोक दोहोरी सांझ’ मा कलाकारद्वयले विभिन्न गीत र दोहोरी गाएर दर्शकलाई मनोरन्जन दिलाए ।

लोटस क्लबमा दर्शक उपस्थिति न्यून भएपनि कलाकारको बेजोड संगीतले माहोल तात्यो ।

प्रकाशराज कंडेलले आयोजना गरेको उक्त कार्यक्रम एनआरएनए यूके उपाध्यक्ष शेर सुनार, बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ र पशुपति मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र कंडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कलाकारहरुलाई समाजसेवी विनोद ज्ञवाली, लिलादेवी गुरुङ र भुवन खत्रीले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

कार्यक्रममा स्थानीय प्रियना आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन् ।

मारयो मलाई नजरैको गोलीले, जाउं त भने भत्केको पुल, चढेको जवानी, मिठो बोलीले लगायत थुपै चर्चित गीत गाएर लोक दोहोरी क्षेत्रमा आफूलाई स्थापित गराइसकेकी गायिका मन्जु बिक केही समयदेखि बेलायतमा छिन् । उनले बेलायतका विभिन्न शहरमा सांगीतिक प्रस्तुतिसहित भेटघाट रेष्टुरेन्टमा सांझ दोहोरी गीत समेत गाइरहेकी छन् ।

शब्द/तस्विर- कुशल श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामाग्री