प्रसुति गृह बनाउन अर्घाखांची समाज यूकेको च्यारिटी

लन्डन । अर्घाखांची समाज यूकेले गृह जिल्लाको मालारानी गाउंपालिकामा प्रसुति गृह बनाउन आइतबार लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमबाट करिब तीन हजार पाउण्ड संकलन भएको समाजका अध्यक्ष बालकृष्ण भुषालले जानकारी दिए । प्रसुति गृह निर्माणका लागि थप रकम संकलन भइरहेको अध्यक्ष भुषालले बताए ।

प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, विशेष अतिथी दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमका वक्ताहरुले बेलायतमा गठित कान्छो संस्था भएपनि अर्घाखांची समाज यूकेको सामाजिक कार्यको सराहाना गरे ।

सचिव तुंगभद्र खनालले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सल्लाहकार जीब बेल्वासेले स्वागत र उपाध्यक्ष बी पी खनालले धन्यवाद मन्तव्य दिएका थिए ।

एनआरएनए यूके सल्लाहकार कृष्ण तिवारीले सञ्चालन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा बेलायतवासी गायिका ममता गुरुङ, सुजेश बैद्य, वयोवृद्ध क्याप्टेन रिटायर्ड बीरबहादुर थापा, शर्मिला पछाइ थापाले गायन र गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, सुस्मिता थापा, रस्मिता दर्लामी र पारिका आलेले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समाजसेवी व्यवसायी डा. कपिल रिजाल, मिन दर्लामी, हिराधन राई, आर के त्रिपाठी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमुख अतिथी लगायतले प्रमाणपत्र प्रदान गरे ।

तस्विर शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री